Shikhar Insurance

ब्याजदर घटाउने निर्णयले सेयर बजारमा रौनक, आधा दर्जन कम्पनीको सेयरमा पोजेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०७९ चैत्र २९, बुधबार १५:४०
NIMB
Nabil Bank

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार उच्च अंकले बढेको छ । बुधबार बैंक तथा वित्तीय संस्थाहरुले वैशाख महिनादेखि ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजार प्रभावित भएको हो । बैंकर्स संघले ब्याजदर १.०१ प्रतिशत घटाउने निर्णय गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ९२.२२ अंकले बढेर १,९६३.५५ को विन्दुमा पुगेर बन्द भएको हो । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार नेप्से २७.३१ अंकले बढेर बन्द भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १८.२५ अंकले बढेर ३७३.७१ को विन्दुमा पुगेको छ ।

त्यस्तै, बुधबार सेयर बजार बढेसँगै कारोबार रकममा पनि उल्लेख्या सुधार देखिएको छ । यसदिन २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर १ अर्ब ९२ करोड ६० लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । कारोबारमा आएको २१८ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।

नेप्सेका अनुसार ५ कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । यसदिन सिद्धार्थ इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । भने ११ कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दाबढीले बढेर सर्किट लेभलमा कारोबार भएको छ । एभरेष्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी १.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भउको छ । कम्पनीको ११ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो। त्यसैगगरी, एनआइसी एशिया बैंकको ६ करोड २९ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ३ लाख, नबील बैंकको ५ करोड ३३ लाख र अपि पावर कम्पनीको ४ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । भने बाँकी कम्पनीको ५ करोड भन्दा कम सेयर खरिदबिक्री भएको छ ।

यसदिन कारोबारमा आएको १३ वटै समूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक करिब ७ प्रशित बढेको छ। त्यसैगरी, यस दिन लघुवित्त, बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्