Shikhar Insurance

२०७९ को अन्तिम कारोबार दिन दोहोरो अंकले घटेर बन्द भयो नेप्से

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३०, बिहीबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । वि.स २०७९ सालकै अन्तिम कारोबारको सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार, उच्च अंक बढेर बन्द भएको नेप्से, बिहिबार भने घटेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९.०७ अंकले घटेर १,९३४.४७ को विन्दुमा झरेको छ । त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ५.७२ अंकले घटेर ३६७.९८ को विन्दुमा झरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहिबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरीमा २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन १ अर्ब ९२ करोड ६० लाख रुपैयाँ बरारबको सयर खरिदबिक्री भएको थियो । कारोबारमा आएको २८ कम्पनीको सेयर मूल्य बढेको छ १८६ कम्पनीको घटेको छ । भने, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से परिसूचक घटेपनि ३ कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । यसदिन आदैश लघुवित्त, कालिन्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको हो । यस दिन गरिमा विकास बैंकको ऋणपत्रको मूल्य यस दिन ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक ५.५० प्रतिशत घटेको छ।

बिहीबार कारोबार रकमका आधारमा शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ८ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, वित्त, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्