Shikhar Insurance

दोहोरो अंकले घटेको सेयर बजारमा दुई कम्पनीको सेयरमा पोजेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०८० बैशाख १०, आईतवार १५:१८
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार घटेको सेयर बजारमा दुई कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । यसदिन सनराइज ब्लुचिप फण्ड र आदर्श लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यसैगरी, कालिञ्चोक दर्शनको सेयर मूल्य ९.९९ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ६.९४ प्रतिशत बढेको छ । अन्य कम्पनीको सेयर मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। आज सनराइज फोकस्ड इक्विटी फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाईमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार १८.८० अंक घटेर १८८५.६० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंक घटेको छ।

कारोबारमा आएको २९ कम्पनीको सेयर मूल्य बढेको छ । १८८ कम्पनीको सेयर मुल्य घटेको छ भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९८ करोडको सेयर कारोबार भएको बजारमा यस दिन २६५ कम्पनीको ३१ हजार ४१५ पटकको कारोबारमा ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँ बराबरको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा मोलुङ्ग हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३ करोड ११ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । त्यसैगरी, शिवम् सिमेन्टको करिब २ करोड ८९ लाख र एनआइसी एशिया बैंकको २ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहको परिसूचक मध्ये यस दिन होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.३१ प्रतिशत बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०१ अंक घटेको छ। त्यस्तै, बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्