Shikhar Insurance

नयाँ स्टक एक्सचेञ्जका लागि सुरेन्द्रराज वाग्लेको नेतृत्वमा तेस्राे कम्पनी अन्नपूर्ण एक्सचेञ्ज दर्ता

सिंहदरबार संवाददाता
२०८० बैशाख १०, आईतवार १६:२१
NIMB
Nabil Bank

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि अन्नपूर्ण एक्सचेञ्जको नाम दर्ता भएको छ ।

सुरेन्द्रराज वाग्लेको नेतृत्वमा दर्ता भएको उक्त कम्पनीमा गणेश कुमार श्रेष्ठ, मुक्ति वोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी, वलराम उप्रेती र सुरेन्द्रराज वाग्ले सहित सात जना संचालक रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ स्टकका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

यो दर्ता सँगै अहिलेसम्म आवेदन दिने कम्पनीको सङ्ख्या तीन पुगेको छ ।

शुक्रबार दीपक भट्टको नेतृत्वमा हिमालयन स्टकको आवेदन दर्ता भएको थियो भने आजै दिपक तिमल्सिनाको नेतृत्वमा नेशनल स्टक एक्सचेञ्जको नाम दर्ता भएको थियो ।

नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ।

कुल चुक्ता पुँजीको ३० प्रतिशत सर्वसाधारणका लागि जारी गर्नुपर्ने नियम रहेकाले संस्थापकहरुले ३ अर्बको ७० प्रतिशतले हुने २ अर्ब १० करोड रुपैयाँ लगानी गर्नुपर्छ ।

व्यक्तिलाई लगानी गर्न बन्देज लगाईएकाले कम्पनी मार्फत लगानी गर्नुपर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्