Shikhar Insurance

दुई कमोडिटी एक्सचेञ्जका लागि चार कम्पनीको आवेदन

सिंहदरबार संवाददाता
२०८० बैशाख १०, आईतवार १८:३७
NIMB
Nabil Bank

काठमाडौं । दुई वटा कमोडिटी एक्सचेञ्ज कम्पनीको लाइसेन्सका लागि चार वटा कम्पनीले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले तोकेको आवेदन दिन अन्तिम दिनसम्म्ममा चार वटा कम्पनीहरुले आवेदन दिएका हुन् ।

बोर्डका अनुसार कमोडिटी एक्सचेञ्जको लाइसेन्सका लागि मल्टि डेरिभेटिभ एक्सचेज लिमिटेड, मल्टि एसेट्स एण्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, हिमालयन कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड र नेपाल मल्टि कमोडिटी एक्सचेञ्ज लिमिटेड रहेका छन् । यी चारमध्ये दुई वटा कम्पनीले मात्रै कमोडिटी एक्सचेञ्जको लाइसेन्स पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।

धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्