Shikhar Insurance

सुनको भाउ निरन्तर ओरालो, शुक्रबार पनि ९ सयले घट्यो

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार १२:०६
NIMB
Nabil Bank

काठमाडौं । यो साता सुनको भाउ निरन्तर घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारेदेखि शुक्रबारको अवधीमा सुनको मूल्य २७ सय रुपैयाँले घटेको छ । आइतबार ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबार ८५ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । यस्तै चाँदीको भाउ पनि एक हप्तामा प्रतितोलामा ७५ रुपैयाँले ओरालो लागेको छ ।

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रति तोला ९ सय रुपैयाँले घटेको छ । बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुन शुक्रबार ८५ हजार ६ सय रुपैयाँमा किनबेच भैरहेको छ । तेजावी सुनको मूल्य पनि ८५ हजार १५० रुपैयाँमा झरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १२५० रुपैयाँमा किनबेच भैरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्