Shikhar Insurance

४ कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत, कुनको कति प्रतिशत ?

सिंहदरबार संवाददाता
२०८० बैशाख १४, बिहीबार १२:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । बिहिबार नेपाल रि इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रनिर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेपाल रि इन्स्यारेन्सको ५ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत र निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यी कम्पनीहरुले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई सो दरमा बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर बिहिबार नेप्सेमा सूचिकृत भएको हो ।

नेपाल रि इन्स्यारेन्सको ५८ लाख २५ हजार कित्ता, प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख ९४ हजार ३९२ कित्ता, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १३ लाख ८७ हजार ४९८.३३२८ कित्ता र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ४१ लाख ७० हजार ५४७.५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीहरुको उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्