Shikhar Insurance

अपर स्यांगे हाइड्रोपावरलाई आईपीओ निष्काश गर्न बोर्डले दियो अनुमति

सिंहदरबार संवाददाता
२०८० बैशाख १४, बिहीबार १४:१३
NIMB
Nabil Bank

काठमाडौं । अपर स्यांगे हाइड्रोपावर कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैशाख १३ गते कम्पनीलाई सर्वसाधारको लागि आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि जारी पूँजी २२ करोड रुपैयाँ ३९.५५ प्रतिशत अर्थात ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका संस्थापकहरुले ६०.४५ प्रतिशत अर्थात १३ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन् । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्