Shikhar Insurance

लाइसेन्स प्रणालीमा नयाँ युग आरम्भ भयोः अध्यक्ष हमाल

सिंहदरबार संवाददाता
२०८० बैशाख १८, सोमबार १६:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालको लाइसेन्स प्रणालीमा नयाँ युगको आरम्भ भएको बताएका छन् । १६ वटा ब्रोकर कम्पनीलाई लाइसेन्सका लागि एलओआई दिएपछि सिंहदरबारसँग कुरा गर्दै उनले नेपालको लाइसेन्स वितरण प्रक्रियाको सिण्डीकेट तोडेर आफुले नयाँ अध्याय आरम्भ गरेको बताएका हुन् । यस अघि ५० वटा ब्रोकरहरुले सेवा दिईरहेका छन् ।

उनले नेपालका नियामक निकायहरुमा रहेको लाइसेन्स सिण्डीकेट प्रथाको अन्त्य गरेको सुनाए । ‘नेपालमा लाइसेन्स राज थियो, जसले लाइसेन्स पाउँथे उनीहरुले नयाँलाई रोक्ने परम्परा थियो । हामीले त्यो परम्परा तोडेका छौं, योग्य जति सबैले लाइसेन्स पाउँछन्’, हमालले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले नेपालको पुँजी बजार विकासका लागि ब्रोकर थप्ने निर्णय ऐतिहासिक भएको दावी समेत गरे । नेपालको पुँजी बजारमा ब्रोकरहरुको सिण्डीकेट तोडेर अब नयाँ पुस्ताका योग्य लगानीकर्ताहरुले सहजै लाइसेन्स लिन पाउने बाटो आफुले खोलिदिएको उनको दावी छ । हमालले अब नेपालको पुँजी बजारमा नयाँ नयाँ टेक्नोलोजी र इन्नोभेसन हुने अपेक्षा पनि व्यक्त गरे ।

बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई लाइसेन्सका लागि एलओआई प्रदान गरेको छ । केहि दिनभित्रै बाँकी योग्य कम्पनीहरु छनौट गरेर उनीहरुलाई पनि एलओआई दिने तयारी बोर्डले गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्