Shikhar Insurance

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, कतिमा हाेला पहिलो कारोबार ?

सिंहदरबार संवाददाता
२०८० बैशाख २१, बिहीबार १३:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर सूचीकृत भएको छ ।

बिहीबार कम्पनीको कुल ७६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरलाई नेप्सेले (एमएकेएआर) कारोबार संकेत प्रदान गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई निष्काशन गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताहरुलाई निष्काशन गरेको (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरु सहित) १५ लाख २० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ५३ लाख २० हजार कित्ता समेत गरी कुल ६७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि न्यूनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैयाँ १३ पैसा ओपनिङ्ग रेन्ज तोकिदिएको छ ।

सोहि रेन्जमा रहेर आइतबार देखि कम्पनीको उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्