Shikhar Insurance

स्वार्थ बाझिने काम गर्दिनः अध्यक्ष पाण्डे

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २३, आईतवार ०९:४६
NIMB
Nabil Bank

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययनगर्न गठित समितिका सदस्य दिप प्रकाश पाण्डेले स्वार्थ बाझिने गरि काम नगर्ने बताएका छन् । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समिति सदस्य रहेका पाण्डेलाई नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने प्रयोजनका लागि गठित समितिमा सदस्य बनाईएको भन्दै आलोचना भएपछि उनले स्वार्थ बाझिने काम नगर्ने बताएका हुन् ।

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डे हाल निर्जीवन बीमा कम्पनीका सिईओहरुको छाता संस्था बीमक संघका अध्यक्ष छन् । विद्यमान नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक रहेका व्यक्तिलाई नयाँ कम्पनीको सम्भाव्यता खोज्न गठन भएको समितिमा राखिएको भन्दै आलोचना भैरहेको छ । ‘म पुनर्बीमा कम्पनीको सञ्चालकमा हैसियतमा समितिमा परेको होइन, बीमक संघको अध्यक्षका नाताले त्यहाँ परेको हुँ, स्वार्थ बाझिने गरि कुनै काम गर्दिन’, पाण्डेले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा समितिले फागुन १५ गते नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता खोज्न अध्ययन समिति बनाएको थियो । १५ दिन भित्र प्रतिवेदन बुझाउनुपर्ने गरि गठन भएको समितिको संयोजकमा बीमा विज्ञ भोजराज शर्मा छन् । शर्मा नेतृत्वको समितिमा बीमक संघको प्रतिनिधीका रुपमा पाण्डे र स्वतन्त्र विज्ञका रुपमा चाटर्ड एकाउन्टेन्ट सुजन कुमार आचार्य सदस्य रहेका छन् ।

हाल चार वटा समुहले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि प्रयास गरिरहेका छन् । अन्नपूर्ण रि, प्रुडेन्सियल रि, जेन्युइन रि र काठमाडौं रिले लाइसेन्सका लागि तयारी गरेका हुन् । समितिले भने एउटा पुनर्बीमा कम्पनी थप्नुपर्ने निष्कर्ष नजिक पुगिएको बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्