Shikhar Insurance

ज्योति लाइफको आईपीओमा ११ लाख ९८ हजार आवेदकले हाले २ अर्ब ६४ करोड

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २३, आईतवार १७:५६
NIMB
Nabil Bank

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा ११ लाख ९८ हजार ८ सय ३५ आवेदन परेको छ । सो मात्राका आवेदकहरुले २ करोड ६४ लाख ३३ हजार ९ सय ८० कित्ताका लागि दुई अर्ब ६४ करोड ३३ लाख ९८ हजार मूल्य बराबरको आवेदन गरेका हुन् । कम्पनीले फागुन २१ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । फागुन २६ गतेसम्म ज्योति लाइफको आईपीओमा आवेदन दिन सकिन्छ ।

ज्योति लाइफले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । कुल निष्काशनमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ज्योतिको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । औषतमा १५ लाख आवेदन परिरहेको अवस्थामा गोला प्रथाबाट ४ लाख ९४ हजार आवेदकले १०।१० कित्ता सेयर पाउनेछन् ।

चालु आवको ६ महिनामा ज्योति लाइफले एक अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । गत आवको सोही अवधीमा कम्पनीले ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । २०७६ पुसको तुलनामा २०७७ पुस मसान्त अवधीमा कम्पनीले ९३।०५ प्रतिशतले बीमा शुल्क बढाउन सफल भएको देखिन्छ ।
कम्पनीले उत्कृष्ठ व्यवस्थापन प्रणालीका कारण आईएसओ ९००१ः२०१५ सर्टिफिकेट प्राप्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्