Shikhar Insurance

अजोड इन्स्योरेन्सले गर्‍याे यूनाइटेडसँग मर्जर प्रस्ताव पारित, सेयर अनुपात ८२.५० : १००

सिंहदरबार संवाददाता
२०८० बैशाख २५, सोमबार १८:३३
NIMB
Nabil Bank

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न गरेको छ । सोमबार विशेष साधारण सभामार्फत यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) सँग एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी प्रस्तावको पारित भएको छ ।

अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन व्यवसाय गर्ने कम्पनीको नाम ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ कायम हुने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साधारणसभाले यूनाइटेड इन्स्योरेन्ससँग सेयर अनुपात ८२.५०ः१०० कायम गर्ने, अन्तिम सम्झौतापत्र तथा आवश्यक काम कारबाही र लेखापरीक्षकमा एस. आर. पाण्डे एण्ड कम्पनीलाई चाटर्ड एकाउन्टेन्टको रुपमा नियुक्ति र निजलाई प्रदान गरिने पारिश्रमिक अनुमोदन गरेको छ ।

यस्तै एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौता ,सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने, चलरअचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्