Shikhar Insurance

पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षा

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार ११:१५
NIMB
Nabil Bank

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको अनुमान गरिएको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । आज राति भने गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्