Shikhar Insurance

न्याय माग्दै आरजु राण पुगिन् प्रहरीमा

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार १७:१८
NIMB
Nabil Bank

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवा न्याय माग्दै प्रहरीकोमा पुगेकी छिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको अडियो ‘फेक  भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै उनले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी हुन् ।

बुधबार उनले  साइबार ब्युरो भोटाहिटीमा केही सञ्चार माध्याम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उदश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले दर्ता गरेको निवेदनमा भनिएको छः “विभिन्न सञ्चार माध्याममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् ? उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेस गरेको छु,”।

GBIME

प्रतिक्रिया दिनुहोस्