Shikhar Insurance

राष्ट्र बैंकमा बैंक विरुद्ध चार प्रकारका उजुरी, यसो भन्छन् गभर्नर

सिंहदरबार संवाददाता
२०८० बैशाख २९, शुक्रबार १२:०९
NIMB
Nabil Bank

काठमाडौं । बिहिबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २१ वटा बैंकका सिईओ र गुनासो अधिकारीहरुलाई बोलाएर साढे २ घण्टा लामो छलफल गरे । नक्सालको मेरियट होटलमा आयोजीत छलफलमा बैंक तथा वित्तिय संस्थाका ग्राहकरुको हित संरक्षणलाई मुल मुद्धा बनाईएको थियो ।

राष्ट्र बैंकले केहि समय अघि मात्रै स्थापना गरेको गुनासो व्यवस्थापन महाशाखाका तर्फबाट निर्देशिक किरण पण्डितले बैंक तथा वित्तिय संस्थाहरु विरुद्ध ग्राहकहरुको उजुरी समेटिएको प्रस्तुतिकरण दिएका थिए । उनको प्रस्तुति अनुसार ग्राहकहरुले बैंकहरुका विरुद्ध मुलतः चार प्रकारका गुनासो गरेको देखिन्छ । सबै भन्दै ऋण र ब्याजदरबारे गुनासा परेका छन् । त्यसपछि क्रमशः धितो लिलामीमा बैंकहरुले बदमासी गरेको, डिजिटल पेमेन्ट विश्वसनिय नभएको र दुः पाईएको उजुरी परेका छन् । त्यस बाहेक बैंकहरुले फि तथा कमिसन अत्यधिक लिएको गुनासो पनि अधिक मात्रामा दर्ता भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पण्डितको प्रस्तुतिपछिको छलफलमा बैंकका सिईओहरुले ग्राहकका गुनासो सम्बोधनमा गरिएका प्रयासहरुबारे धारणा राखेका थिए । उनीहरुले ग्राहकहरुको गुनासो सम्बोधनलाई आफुहरुले उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको प्रष्टिकरण समेत दिएका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्राहकहरुका गुनासो सुनुवाई र सम्बोधनमा बैंकहरु सचेत हुनुपर्ने बताए । ‘ग्राहकहरुको गुनासो सुनुवाईमा जति सचेत हुन सकियो, त्यति नै बैंकहरु प्रति जनविश्वास बढ्छ’, गभर्नर अधिकारीले भनेका थिए ।

उनले पछिल्लो समय गुनासोहरु आउने क्रम बढेकाले थप सचेततासहित काम गर्न पनि सिईओहरुलाई निर्देशन दिए । डिजिटल कारोबारमा देखिएका जटिलताहरुको समाधानका लागि पनि ठोस कदम चाल्न उनले निर्देशन दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्