Shikhar Insurance

पुराना ब्रोकरविरुद्ध नयाँ ब्रोकरको छुट्टै संगठन, ऐतिहासिक कामको बिरोध नगर्न चेतावनी

सिंहदरबार संवाददाता
२०८० बैशाख ३१, आईतवार ०९:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लाइसेन्सका लागि आशय पत्र(एलओआई) प्राप्त गरेका ब्रोकर कम्पनीहरु संंगठित भएका छन् । सागर ढकालको संयोजकत्वमा उनीहरुले न्यु स्टक ब्रोकर एसोसिएसन नेपाल नामको संगठन खोलेका हुन् ।

एलओआई पाएका नयाँ ब्रोकरहरुले इतिहासमै पहिलो पटक पारदर्शी रुपमा ब्रोकर लाइसेन्स वितरण भएको दाबी गर्दै त्यस्तो कामको बिरोध नगर्न पुराना ब्रोकर कम्पनीहरुलाई चेतावनी पनि दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

स्टक ब्रोकरहरुको नयाँ संगठनले भनेको छ‘आफ्नो सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकताका साथ पुँजी बजारमा संलग्न धितोपत्र दलाल व्यवसायीहरुको संगठन स्टक ब्रोकर्स एसाेसिएसन अफ नेपालले मिति २०८०/०१/२९ गते जारी गरेको भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताहरुले गरेको अपेक्षामाथिको तुषारापात भएको हाम्रो ठहर छ । उक्त विज्ञप्तिमार्फत स्टक ब्रोकर्स एसाेसिएसन अफ नेपालले स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालिन मन्त्री परिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा हामी भर्खरै पूर्वस्वीकृति (आशयपत्र) लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको छ ।’

नयाँ कम्पनीका लगानीकर्ताहरुले नेपालको इतिहासमै पहिलो पटक समय सिमा तोकर पारदर्शी ढंगले एक रुपैयाँ खर्च नगरि लाइसेन्सका लागि आसय पत्र वितरण भएको पनि बताएका छन् ।
आर्थिक चलखेलको प्रमाण पेस गर्न पनि नयाँ ब्रोकरहरुले पुरानाहरुलाई चुनौती दिएका छन् ।

‘नेपालको इतिहासमा पहिलो पटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएकोदेखेको र सो उपर हामीहरुले १ पैसा समेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना हो । तर यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न हामी चुनौति दिन्छौ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुनेछौं ।’, नयाँ ब्रोकरहरुका तर्फबाट जारी भएको विज्ञप्तिमा भनिएको छ ।

नेप्सेले २०७९ सालमा गरेको अध्ययनले १७८ वटा ब्रोकर कम्पनी थप्न सकिने तथ्य उजागर गरेको दावी पनि उनीहरुले गरेका छन् । ५६ लाख डिम्याट खाता, दोस्रो बजारका लगानीकर्ता नै २० लाख पुगिसकेको अवस्थामा ५० वटा ब्रोकरहरुले बजार धान्नै नसकने दावी पनि उनीहरुको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्