Shikhar Insurance

पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार २३:०३
NIMB
Nabil Bank

बिराटनगर । मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल आज पक्राउ परेका हुन् ।

सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा २८ हजार तथा आचार्यका काका ओमनाथ आचार्यको माछापुच्«छ्रे बैंकमा रहेको खाताबाट विभिन्न मितिमा ६६ हजार निकालेको उजुरी परेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्