Shikhar Insurance

नेपाल टेलिकमद्वारा भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २, मंगलवार १६:४४
NIMB
Nabil Bank

काठमाडौं। भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल नेपाल टेलिकमले आज परिमार्जन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो । जसअनुसार मे १७ मा मनाइने आईटीयू डे २०२३ का अवसरमा बुधबारदेखि लागू हुने गरी नयाँ महसुल दर कायम हुनेछ ।

नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट  ७ रूपैयाँ मात्र शुल्क लाग्ने छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट  ७ रूपैयाँ  लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस  ७ रूपैयाँ नै लाग्ने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रूपैयाँ , अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रूपैयाँ र एसएमएस गर्दा २४  रूपैयाँ लाग्ने व्यवस्था छ ।

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट ५० रूपैयाँमात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट २५ रूपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस १० रूपैयाँ लाग्ने छ ।

हाल कुनै नम्बरमा कल गर्दा १३५ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रूपैयाँ लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस ३४ रूपैयाँ लाग्छ ।

त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी  ४० रूपैयाँ शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यसअनुसार प्रति एमबी करिव ५ रूपैयाँ मात्र लाग्ने छ ।

अन्य देशमा जाँदा/रहँदासमेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर ९सिम० प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्