Shikhar Insurance

सिटी होटेलको आईपीओ बाँडफाँड, कति जनाले पाए ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १०:५८
NIMB
Nabil Bank

काठमाडौं। सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज (जेठ ५ गते) शुक्रबार बिहान बाँडफाँड भएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा सेयर बाँडफाँट गरेको हो। कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले आईपीओ बाँडफाँड गोलाप्रथाबाट गरिएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

होटलले बैशाख २५ गतेदेखि २८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमाध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ ।

यस्तै, ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।

कम्पनीको आइपीओमा ११ लाख ७ हजार २१६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ४ हजार ९९२ आवेदकको आवेदन रद्द भएको छ । भने, १० लाख ८७ हजार ६७५ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । यी मध्ये १ लाख ३५ हजार ५९४ आवेदकले सेयर पाएका छन्।

लगानीकर्ताले आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सिटी होटलको वेबसाइटबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट थाहा पाउन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्