Shikhar Insurance

योङ ग्लोबल लिडर्स-२०२१ मा निर्वाण चौधरी छनोट

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार २१:३७
NIMB
Nabil Bank

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वर्ल्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ का लागि छनोट भएका छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल युवाहरूलाई नेतृत्व विकास कार्यक्रमका लागि फोरमले चौधरीलाई गोलबन्द गरेको हो ।

फोरममा छनोट भएपछि चौधरीले फोरमले विभिन्न क्षेत्र, मुलुक र पहिचान बोकेका समुदायमा नेतृत्व विकासका लागि पुलको भूमिका खेल्दै आएको र आफू त्यस्तो मञ्चमा सहभागी हुन पाउँदा खुसी बनेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

सन् २००४ मा स्थापित फोरमले अन्तरसम्बन्धित विश्वव्यापी मुद्दा र चुनौती सामना गर्न तथा निकासको बाटो पहिल्याउन सघाउँछ ।

फोरममा १२० भन्दा बढी मुलुकका १४ सय सदस्य/पूर्वसदस्य छन् । हरेक वर्ष विश्वभरबाट चुनिएका हुने हजारौं उम्मेदवारमध्ये छनोट समितिले क्षमता र समावेशिताका आधारमा १ सयदेखि १५० नयाँ सदस्य छनोट गर्छ । यो वर्ष चौधरीसहित १० हजार उम्मेदवारबाट ५६ मुलुकका ११२ नयाँ सदस्य छानिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्