Shikhar Insurance

टाटाको फरएभर रेन्जका पाँच गाडी एकसाथ सार्वजनिक, सबै बीएस भीआई

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार २१:४२
NIMB
Nabil Bank

काठमाडौं । टाटाका नयाँ फरएभर रेन्जका गाडीहरु नेपालमा सार्वजनिक गरिएको छ । कम्पनीको शक्तिशाली बीएस भीआई इन्जिन, इम्प्याक्ट २.० अन्तर्गत डिजाइनमा निर्मित ५ गाडी टाटाको नेपालका लागि टाटाका आधिकारित विक्रेता सिप्रदी ट्रेडिङले सार्वजनिक गरेको हो ।

यो रेन्जमा टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ गरी टाटाका पाँचवटा नयाँ मोडलका गाडी छन् । जसमध्ये ग्लोबल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल टाटा नेक्सन, टाटा अल्ट्रोजले तथा फोर स्टार प्राप्त गर्न सफल टियागो र टिगोर छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभमा बीएस भीआई इन्जिन छ । टाटा भीआई इन्जिन प्रविधि भएको पाँच मोडल एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी हो । टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे कार सुन्दर देखिन्छन् ।

 

१. नयाँ टियागो

१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।

 

२. नयाँ टिगोर

१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ ।

 

३. नयाँ नेक्सन

१२०० सि.सि. ईन्जिन क्षमता भएको नयाँ नेक्सनमा इराजस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो ।

इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ ।

 

४. नयाँ अल्ट्रोज

१२०० सि.सि. ईन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ ।

यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ ।

 

५. नयाँ एच फाईभ

२००० सि.सि. ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट ओमेगा आर्क वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनिले जनाएको छ ।
एच फाईभ बिभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्