Shikhar Insurance

उच्च अंकले बढ्यो सेयर बजार, ३ कम्पनीको सेयरमा पोजेटिभ सर्किट लाग्दा अन्य कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १५:२८
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । गत साताको मंगलबारदेखि निरन्तर बढेको सेयर बजार छैटौं कारोबारको दिन उच्च अंकले बढेर बन्द भएको हो ।

सेयर बजार उच्च अंकले बढ्दा ३ लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । यसदिन कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी यसदिन सामुदायीक लघुवित्तको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ । रिभर फल्स पावरको ८.३७ प्रतिशत, अजोड इन्स्योरेन्सको ८.०८ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ७.९२ प्रतिशत मिर्मिरे लघुवित्तको ७.८४ प्रतिशत, भिजय लघुवित्तको ७.६३ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ७.४० प्रतिशत सेयर मूल्य बढेको छ भने, बाँकी कम्पनीको सेयर मूल्य ७.१६ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको सनराइज फस्ट म्युचुअल फण्डको मूल्य सबैभन्दा बढी २ प्रतिशतले घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ५१.३१ अंक बढेर १,९४२.६३ को विन्दुमा पुगेर बन्द भएको छ । त्यसैगरी ठूला कम्पनकिो सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ८.८५ अंक बढेर ३६७.४७ को विन्दुमा बनद भएको हो ।

नेप्से बढेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। दिनभरीमा २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर २ अर्ब २० करोड रुपैयाामा खरिदबिक्री भएको छ । यस दिनको कारोबार रकम करिब ३ महिना यताकै उच्च हो। यस अघि गत फागुन १४ गते साढे २ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका अनुसार कारोबारमा आएको २१९ कम्पनीको सेयर मूल्य बढेको छ । २ कम्पनीको घटेको छ भने, एक कम्पनीको सेयर मूल्य स्थिर छ ।कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको १० करोड ५ लाख रुपैयाा बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको ८ करोड ९९ लाख, एनआइसी एशीय बैंकको ७ करोड २३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोड १९ लाख र हिमालयन डिस्टिलरीको ६ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्