Shikhar Insurance

मंगलबारदेखि काठमाडाैंमा सम्पदा घुम्ती बस सेवा सुरु

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १७:५३
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले आजबाट काठमाडाैंमा सम्पदा घुम्ती बस सेवा सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु– पाटन दरबार स्क्वायर, काठमाडाैं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म सहज पहुँच हुने आजबाट “सम्पदा घुम्ती बस सेवाको परीक्षण सञ्चालन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले आज ललितपुरबाट सम्पदा घुम्ती बस सेवाको शुभारम्भ गरेका हुन् । बस सेवाको उद्घाटन गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन हुने अपेक्षा गरिएको बताए।

Citizen Life
Kumar Bank
Nepal Life

उनले उपत्यकाको पर्यटन प्रवर्द्धनका लागि यो एउटा सानो प्रयास भएको बनाउँदै यसको परीक्षणपश्चात् सेवा विस्तार गरिनेसमेत जानकारी दिए । आज सुरु भएको सम्पदा बसमा पर्यटन मन्त्री किरातीले पुल्चोकदेखि नारायणहिटी दरबारसंग्रहालयसम्म यात्रा गरेका थिए ।

शुभारम्भ कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पर्यटन प्रवर्द्धनका लागि सम्पदा घुम्ती बस सेवा सहयोगी हुने बताए । उनले सबैको समन्वय र सहकार्यमा यसलाई सफल बनाउनु पर्नेसमेत बताए ।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले उपत्यकाको पर्यटन प्रवर्द्धनका लागि बोर्डले साझासंग सहकार्यमा यो सेवा सुुरु गरेको जानकारी दिँदै सम्पदा घुम्ती बस सेवाको सञ्चालनलाई सफल र प्रभावकारी बनाउन निजी क्षेत्रका संगठन र व्यवसायीहरुसँग समन्वय र सहकार्य आवश्यक भएको धारणा राखे । साझा यातायातका कार्यबाहक अध्यक्ष सुशील प्याकुरेलले सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतिय बसहरु सञ्चालन हुने र यसको सफलताको आधारमा अरु बस थपिने जानकारी दिए ।

पर्यटन बोर्डका अनुसार सम्पदा घुम्ती बस बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म हुनेछ । जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक), महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग, नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी, पशुपतिनाथ मन्दिरस्थित टुरिस्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाउँ संग्रहालय हुँदै बौद्ध पुग्ने छ ।

यस्तै फर्किँदा तारागाउँ संग्रहालय, बौद्ध, चाबहिलचोक, नारायण गोपालचोक, गंगबु बसपार्क, स्वयम्भू भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालीमाटी) कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुँदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हँुदै साझा यातायात, पुल्चोक आउने बोर्डले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्