Shikhar Insurance

कामना सेवाका सीईओ थकालीले सम्हाले कार्यभार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १४, आईतवार १०:५२
NIMB
Nabil Bank

काठमाडौं । कामना सेवा बिकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो । उनले आज अर्थात जेठ १४ गतेदेखि कार्यभार सम्हालेका हुन् ।

थकालीले प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृतको जिम्मेवारी सम्हालीसकेका छन् । थकाली यस अघि भने साढे दुई वर्षदेखि प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा कार्यरत थिए । थकालीले त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकसम्मको अध्ययन गरेका छन् । आक्रामक व्यवसाय विस्तार गरिरहेको कामना सेवालाई ‘ख’ वर्गको एनआईसी एशिया बैंकको उपमा प्राप्त छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्