Shikhar Insurance

बजेटबाट निराश लगानीकर्ता, उच्च अंकको गिरावटसँगै बन्द भयो सेयर बजार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १५:३२
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । बजेटपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको हो।

सोमबार सार्वजनिक भएको बजेटले पूँजीबजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरु निराश हुँदा नेप्से परिसूचक उच्च अंकले घट्न पुगेको हो।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल स्टक एक्सचञ्ज (नेप्से) परिसूचक मंगलबार ५३.६१ अंकले घटेर १,८८८.६१ को विन्दुमा झरेको छ । त्यसैगरी, ठूला कम्पनकिो सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ८.७२ अंकले घटेर ३६०.७१ को विन्दुमा झरेको छ ।

मंगलबार सेयर बजार घटेपनि आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर १० प्रतिशत अर्थात १६५ रुपैयाँ ३० पैसा बढेर प्रतिसेयर १ हजार ८१८ रुपैयाँ ६० पैसा कायम भएको छ । त्यसैगरी, बिपीडब्लु लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । गरीमा डिबेन्चर्सको २०८५ को मूल्य ४.०४ प्रतिशतले बढेको छ भने, बाँकी कम्पनीको सेयर मूल्य ४ प्रतिशत भनदा कमले बढेको छ । कारोबारमा आएको स्वत गंगा हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.२६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमो छ । कम्पनीको २१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रमोटर सेयर १० करोड ११ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४ लाख, चिलिमे हाइड्रोपावर कम्पनीको ७ करोड ४ लाख र नेपाल इन्फाइन्ट्रक्चर बैंकको ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

यसदिन सेयर बजार घटेसँगै कारोबार रकम पनि गिरावट आउको छ । दिनभरीमा २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर २ अर्ब ३४ करोड १७ लाख रुपैयाँमा खरिदबिक्री भए । आइतबार नेप्से १७.३८ अंक घट्दा २ अर्ब ६३ करोड ९६ लाख रुपैयाँमा बराबरको सेयर खरिदबिक्री भएको थियो ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएका बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्