Shikhar Insurance

अर्थमन्त्रीको बालेनलाई कटाक्ष, एउटा चुनाव जित्दैमा सर्वज्ञ भइँदैन

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १६:४१
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौंका मेयर बालेन साहलाई कटाक्ष गर्दै एउटा चुनाव जित्दैमा सर्वज्ञ भएको भ्रम नपाल्न भनेका छन् । मेयर साहले बजेटमा गरेको टिप्पणी प्रतिलक्षित रहेको महतको उक्त भनाइ आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा आएको हो ।

उक्त अवसरमा अर्थमन्त्री महतले भने, “कसैले एउटा स्थानीय निकायमा जित्यो उही महान, उही मात्रै देशको भलो गर्ने, उही मात्रै जान्नेसुन्ने, बाँकीहरू सबै खत्तम, उनकै मात्रै कुरा सही भन्ने कुरा नै गलत हो । बजेट स्थानीयले मात्रै बनाउने हो र ? तहगत सरकारको आ–आफ्नै काम कर्तव्यहरू हुन्छन् । अमेरिकामा सिनेटरहरूले नै बजेट बनाउने गरेका छन् त्यहाँ पनि संसद क्षेत्र विकास भनेर बजेट जाने गरेको छ त्यसलाइ के भन्ने ?

Citizen Life
Kumar Bank
Nepal Life

आव २०८०/८१ को बजेटमा संसदीय क्षेत्र विकासका लागि प्रतिक्षेत्र ५ करोड बजेट विनियोजनको योजना आएपछि त्यसमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको रुखो टिप्पणी आएको थियो । सोही टिप्पणीलाई आधार मानेर पत्रकारले गरेको प्रश्नको उत्तरका क्रममा अर्थमन्त्री महतको सो भनाइ आएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्