Shikhar Insurance

स्वदेशमै रोजगारीको अवसर खोजी गर्न मेला आयोजना गरिएको होः अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १८:०२
NIMB
Nabil Bank

काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले काठमाडौंमा पहिलोपटक रोजगार मेला आयोजना गरेको र यसले कामको खोजीमा रहेका युवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन सहयोय पुर्याउने बताएका छन् ।

महासंघले आयोजना गरेको उक्त मेलाले नयाँ अवसरहरुको खोजी गर्न सघाउनुका साथै आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उनको भनाइ छ । ‘रोजगार मेला हाम्रो पहिलो प्रयास हो । यसलाई सफल पार्न यहाँहरु सबैको उत्तिकै सहयोग र मेहनतको अपेक्षा हामीले गरेका छौं,’ उनले भने, ‘महासंघले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आइएलओको सहयोगमा यो कार्यक्रम आयोजना गर्न पाएकोमा हामीलाई निकै खुसी लागेको छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको एक अभिन्न अंग भएको बताउँदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदानका विषयमा महासंघले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर केही दिन अघिमात्रै अतिनै महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिए । ‘हामीले निजी क्षेत्रको सम्मानको विषय सुरुदेखि नै उठाइरहेका छौं,’ उनले भने, ‘निजी क्षेत्र किन सम्मानित हुनुपर्छ भन्ने कुरालाई उक्त प्रतिवेदनले पुष्टि गरेको छ ।’ साथै अध्ययन प्रतिवेदनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको देखाएको जानकारी दिँदै ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको बताए ।

केही वर्ष यता विभिन्न कारण निजी क्षेत्रले सहजरुपमा काम गर्न नपाउदा उद्योग व्यवसाय विस्तार हुन नसक्नुका साथै भएका उद्योग व्यवसाय पूर्ण रुपमा संचालन हुन नसकेको उनको भनाई थियो। जसले गर्दा रोजगारीमा ठूलो प्रभाव पर्दा कामका लागि बिदेसिनेको संख्या ह्वात्तै बढ्यो । नेपालमा दक्ष जनशक्ति नपाउँदा उद्योग व्यवसायमा भारतलगायतका देशबाट कामदार ल्याउनु परेको उनले जानकारी दिए ।

अबका दिनमा महासंघले उक्त समस्या संवोधन गर्ने प्रयासको थालनी गरीसकेको बताउँदै त्यसका लागि उद्योगहरुको आवश्यकता अनुसारको कार्यस्थलमा आधारित सिप विकास तालिम सुरु गरिसकेको उनले जानकारी दिए । त्यसैका लागि कामको खोजीमा रहेका युवाहरु र काम गर्ने जनशक्ति खोजिरहेका उद्योग व्यवसाय कम्पनीहरुलाई एकै ठाउंमा भेला गराएर रोजगारदाताको आवश्यकताअनुसारको जनशक्ति उपलव्ध गराई दिने रोजगार मेलाको सुरुवात गरिएको उनको भनाइ थियो

यसअघि महासंघले आइएलओको सहयोग र स्थानीय सदस्य उद्योग वाणिज्य संघहरुको सहकार्यमा केही दिन अघिमात्र वीरगन्ज र बुटवलमा रोजगार मेला सम्पन्न थियो । महासंघको यी सवै प्रयासमा आइएलओको निकै ठूलो सहयोग र दरिलो साथ रहेको छ । साथै रोजगार मेलाहरुको आयोजनाबाट मुलुकभित्र काम खोजीरहेका जनशक्तिको तथ्यांक र उद्योग व्यवसायले खोजीरहेको जनशक्ति तथ्यांक पत्ता लगाउन सहयोग गर्नुका साथै यस्ता कार्यक्रमले राष्ट्रलाई नै ठूलो सहयोग पुर्याउने अध्यक्ष ढकालले जानकारी दिए ।

महासंघले काठमाडौंमा आयोजना गरेको मेलाले जनशक्तिको अवस्था,उद्योग प्रतिष्ठानहरुले खोजेको जनशक्ति र जनशक्ति विकासमा गर्नुपर्ने तयारीलगायतका विषयमा आगामी योजना तथा कार्यक्रम वनाउन समेत थप सहयोग ढकालले बताए ।

‘मुलुककै प्रमुख समस्याको रुपमा रहेको सिपयुक्त जनशक्तिको अभावलाई संवोधन गर्न स्वदेशी उद्योगधन्दाका लागि आवश्यक जनशक्ति विकास गर्ने हाम्रो अभियानलाई सफल रुपमा दिशा निर्दिष्ट गर्न आजको कार्यक्रम फलदायी हुने मैले ठानेको छ’ उनले भने, ‘त्यसका लागि महासंघले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने, व्यवसायीहरुको मनोवल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कार्यक्रम अघि बढाएको छ ।’

रोजगार मेलाको मुख्य थिम नै कनेक्टिङ डट्स अफ युअर फ्युचर भनेर राखेका बताउँदै यसले युवाहरुको भविष्यको चाहना र अपेक्षाका विन्दुहरुलाई जोड्ने बताए । साथै आगामी दिनमा महासंघका सदस्यहरुको सहयोग र सहकार्यमा मेलालाई क्यालेण्डर इभेन्टको रुपमा समेत अगाडि बढाइने उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्