Shikhar Insurance

माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २९, शनिबार १६:५१
NIMB
Nabil Bank

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल निकट अनेरास्ववियुले उपत्यका स्तरिय कार्यकर्ता भेला आयोजना गरेको छ । भेलालाई अनेरास्ववियुका सचिवहरु सुदेश पराजुली, वसिम आलम, आरती लामा लगायतले सम्बोधन गरेका थिए । अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाका अनुसार भेलाका वक्ताहरुले पार्टी अध्यक्ष केपी ओली प्रवृत्तिको डटेर सामना गर्ने उद्घोष गरेका थिए ।

‘केपी ओलीले कम्युनिष्ट जनमतको घाँटी रेटेका मात्रै छैनन्, अब कम्युनिष्ट पार्टी नै समाप्त पार्ने अभियानमा लागेका छन्, हाम्रो काँधमा आन्दोलन जोगाउने जिम्मेवारी आएको छ’, अखिलका सचिव सुदेश पराजुलीले भेलामा भने । उनले केपी ओली कम्युनिष्ट आन्दोलन समाप्त पार्न विदेशीहरुले तयार पारेको खलनायक पात्र भएको आरोप पनि लगाए ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्का सचिव वसिम आलमले ओलीको राजकिय र पार्टी सत्ता ढल्ने निश्चित भैसकेपछि उनले अन्तिम अस्त्रका रुपमा जथाभावी गर्न थालेको बताए । ‘जब मान्छेले आफु पराजित भएको महसुस गर्छ, तब उसले आफुलाई जोगाउन हरसम्भव प्रयास गर्छ र त्यतिबेला थप गलत कदम चाल्दै जान्छ, आज केपी ओली त्यहि बाटोमा छन् ।’, सचिव आलमले भने । उनले अष्टलक्षमी शाक्य र भिम रावलको भन्दा यो पाटीमा बादल, प्रभु साहहरूको योगदान ठुलो देख्ने ओलीले एमाले र कम्युनिस्ट आन्दोलनलाइ बिखन्डन तिर लैजाने खोजेको आरोप पनि लगाउँदै पार्टी र आन्दोलन जोगाउन आफुहरु सडकमा आएको बताए ।

अर्की सचिव आरती लामाले ओली विरुद्धको संघर्ष थप पेचिलो बन्न सक्ने तर आफुहरुले घुँडा नटेक्ने बताइन् । भेलामा उपत्यकाका तीन जिल्ला तथा क्याम्पसहरुका अगुवा कार्यकर्ताहरु सहभागी रहेको केन्द्रिय सदस्य थापाले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्