Shikhar Insurance

सहकारीले ल्यायो आफ्नै ‘ब्रान्ड’को सिटिसी चिया

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २९, सोमबार १६:५१
NIMB
Nabil Bank

झापा । झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले (एनएमसी)ले आफ्नै ब्रान्डको सिटिसी चिया बजारमा ल्याएको छ । झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको उक्त सहकारीले हाल चियासहित पाँचवटा व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाले चिया उत्पादन, बचत तथा ऋण, डेरी उद्योग, कृषि फार्म र सहकारी पसल सञ्चालन गरिरहेको छ ।

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीका अनुसार चिया व्यवसायअन्तर्गत संस्थाले पहिलेदेखि नै अर्थोडक्स चियाअन्तर्गत ‘ग्रीन टी’ र ‘ब्ल्याक टी’ बजारमा ल्याएको थियो भने हालै सिटिसी चिया प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएको हो । एनएमसी टी ब्रान्डमा पाँच सय ग्राम र दुई सय ग्रामका प्याकेट बजारमा उपलब्ध छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थोडक्स चियाका पारखीको मागअनुसार नै उद्योगले सिटिसी चिया बजारमा ल्याएको र यसलाई चियाका पारखी उपभोक्ताले मन पराइदिने अपेक्षा राखिएको अध्यक्ष उप्रेतीले बताए। एनएमसीका चिया नेपाली बगानबाट उत्पादित, उत्कृष्ट, गुणस्तरीय र ताजा रहेको भन्दै उनले यसको उत्पादन र प्रशोधनमा चिया विज्ञको परामर्श लिई प्रयोगशाला परीक्षण गरेर मात्र बजारमा पठाइएको जानकारी दिए।

संस्थाले विसं २०५२ देखि बचत तथा ऋणको व्यवसाय, विसं २०७२ देखि बहुव्यवसाय, विसं २०७२ वैशाखदेखि एनएमसी डेरी उद्योग र विसं २०७५ मादेखि एनएमसी कृषि फार्म सुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए। मेचीनगर–१४ दुहागढीमा १६ बिघा जमिन खरिद गर्नुका साथै १० बिघा भाडामा लिएर कृषि व्यवसाय गरिएको उनको भनाइ थियो ।

उनका अनुसार विसं २०७६ वैशाखदेखि एनएमसी सहकारीले पसल सुरु गरी हाल १६ स्थानमा पसल सञ्चालनमा छन् । पछिल्लो व्यवसायको रूपमा विसं २०७८ असारदेखि झापाको मेचीनगर–५ स्थित सुरेन्द्रनगरमा एनएमसी चिया उद्योग सुरु गरिएको अध्यक्ष उप्रेतीले बताए।

चिया व्यवसाय विस्तारका क्रममा आर्थिक वर्ष २०७८र७९ मा इलामका तीनवटा चिया सहकारी संस्था (साँघुबेँसी, सिद्धपोखरी र इलामेली) सँग एकीकरण गरी सोही आर्थिक वर्षदेखि किसानद्वारा उत्पादित हरियो चिया पत्ती खरिद र प्रशोधन गर्ने गरिएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७८र७९ मा ७५ हजार केजी तयारी अर्थोडक्स (ग्रीन टी र ब्ल्याक टी) चिया उत्पादन गरेर स्वदेशी र विदेशी बजारमा बिक्री गरिएको जनाउँदै अध्यक्ष उप्रेतीले आउँदो आवमा त्यसलाई बढाएर दुई लाख केजी पुर्याउने लक्ष्य रहेको बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्