Shikhar Insurance

सनराइज ब्लूचिप फण्डमा लगानीकर्ताको ओईरो, कति पर्यो जम्मा आवेदन ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र ८, आईतवार २०:४४
NIMB
Nabil Bank

काठमाडौं । सनराइज क्यापिटलले बिक्री खुला गरेको सनराइज ब्लूचीप फन्ड योजनामा १ अर्ब २३ करोड ७५ लाख ८० हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको छ । फन्ड म्यानेजर सन्राइज क्यापिटलका अनुसार आइतबार (चैत्र ८ गते) साँझ ५ः०० बजेसम्म ५६ हजार अस्सी जना आवेदकहरुले आवेदन दिएका छन् । सो मध्ये करिब १२ प्रतिशत आवेदनको सि आश्वा बैंकमार्फत रुजु हुन बाकी रहेको छ भने हालसम्म करिब ५ प्रतिशत आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । सनराइज क्यापिटलले चैत्र १ गतेदेखि सन्राइज म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुल्ला गरेको थियो ।

जस मध्ये कुल ईकाईको १५% अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित राखेको छ र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको थियो । सन्राइज क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ इकाई बिक्रीमा ल्याएको थियो । यो दश वर्षे बन्दमुखी योजना रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्