Shikhar Insurance

साउनदेखि ब्याजदरमा खुला प्रणाली, बैंकले आफैँ बढाउन वा घटाउन सक्ने

सिंहदरबार संवाददाता
२०८० असार २८, बिहीबार ११:५६
NIMB
Nabil Bank

काठमाडौं । अब वाणिज्य बैंकहरुले आफूखुशी ब्याजदर तोक्न सक्ने भएका छन् । नेपाल बैंकर्स संघमा आवद्व वाणिज्य बैंकका सीईओहरुको बैठकले साउनदेखि ब्याजदरमा खुला प्रणालीको अभ्यासमा जाने निर्णय गरेका हुन् ।

तरलताको अवस्था, अर्थतन्त्रका संकेत र बजारको मागअनुसार साउन १ गतेदेखि राष्ट्र बैंकले तोकेको नियमा रहेर बैंकहरुले आफूखुशी ब्याजदर निर्धारण गर्न सक्ने निर्णय गरिएको संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

लामो समयदेखि बैंकहरुले ब्याजदर बारे सामूहिक निर्णय र दरमा एकरुपता कायम गराउँदै आएका थिए । नेपाल राष्ट्र बैंकले मासिक रुपमा १० प्रतिशतका दरले ब्याजदर घटाउन वा बढाउन सक्ने ब्यवस्था गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्