Shikhar Insurance

आक्रमणको विरोधमा नेपाल वित्तीय संस्था कर्मचारी संघले गरायो देशैभरका सिडियोलाई ध्यानाकर्षण

सिंहदरबार संवाददाता
२०८० असार २८, बिहीबार १२:२५
NIMB
Nabil Bank

काठमाडौ । बैंक वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीहरुमाथि निरन्तर भइरहेको आक्रमणको विरोधमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सुरक्षाको माग गर्दै ध्यानाकर्षण गराएको नेपाल वित्तीय संस्था कर्मचारी संघका महासचिव विकास श्रेष्ठले जनाएका छन् ।

श्रेष्ठका अनुसार  ‘बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयहरुमा आक्रमण गरी क्षति पुर्याउने तथा कार्यरत कर्मचारीहरुमाथि अभद्र व्यवहार तथा भौतिक आक्रमण र जबरजस्ती कार्यालयहरु बन्दसमेत गराइरहेको घटनाहरुले देशमा वित्तीय वातावरण बिग्रिएकाले समग्रमा अर्थतन्त्रनै नकारात्मक दिशामा जाने खतरा रहेकाले यस्ता गतिविधि रोक्नका लागि देशैभरका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको हाे ।’

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल वित्तीय संस्था कर्मचारी संघले देशैभरका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ध्यानाकर्षण

GBIME

प्रतिक्रिया दिनुहोस्