Shikhar Insurance

सर्वाेत्तमको ३५ प्रतिशत लाभांशमा धितोपत्र बोर्डको अंकुश !

सिंहदरबार संवाददाता
२०७७ चैत्र १०, मंगलवार १५:५३
NIMB
Nabil Bank

काठमाडौं । सर्वाेत्तम सिमेन्टले घोषणा गरेको ३५ प्रतिशत लाभांशमा नेपाल धितोपत्र बोर्डले आपक्ति जनाएको छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको सम्वाद कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सार्वजनिक निष्काशन अघि नै लाभांश घोषणा गर्ने विषयबारे आवश्यक छलफल भैरहेको पनि बताए ।

‘आईपीओ निष्काशनको तयारी गरिरहेको कम्पनीले लाभांश बाढ्छु भनेको छ, यो विषय हाम्रो राडारमा छ, आवश्यक निर्णय लिइनेछ’, कार्यकारी निर्देशक गिरीले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

सर्वाेत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट ६० करोड आईपीओ निष्काशन गर्दैछ । कम्पनीले संस्थागत लगानीकर्ताका लागि प्रति कित्ता ७५० रुपैयाँ र सर्वसाधारणका लागि ६७५ रुपैयाँमा आईपीओ निष्काशन गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीले आईपीओ निष्काशन गरेको ३ महिना भित्रै १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।
सार्वजनिक निष्काशनको प्रक्रिया नै आरम्भ नगरि लाभांश घोषणा गर्ने कुरा नियम संगत नभएको गिरीले बताएका हुन ।

GBIME

प्रतिक्रिया दिनुहोस्