Shikhar Insurance

लक्ष्मी भ्यालु फण्ड २ को इकाइ आजदेखि बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०८० श्रावण ५, शुक्रबार १०:०५
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको ‘लक्ष्मी भ्यालु फण्ड २’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । साउन ५ गते शुक्रबारबाट निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्