Shikhar Insurance

अर्थमन्त्री-गभर्नर सम्बन्धः हावा नचली पात हल्लियो ? कसले बिगार्यो ? सुधार्ने कसले ?

सिंहदरबार संवाददाता
२०८० श्रावण ५, शुक्रबार ११:२४
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो केही समयदेखि अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सम्बन्ध चिसिएका व्यापक चर्चा चलिरहेको छ । मन्त्री र गभर्नरले सार्वजनिक कार्यक्रमहरुमा व्यक्त गरेका धारणाहरु सुन्दा उनीहरुको सम्बन्ध ‘ठिकठाक’ छ भन्ने अवस्था देखिन्न ।

त्यसो त अर्थमन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरु र मन्त्री तथा गभर्नरका निकटस्थहरुले नै पनि उनीहरुको सम्बन्ध सुमधुर नरहेको बताउने गरेका छन् । ‘अर्थमन्त्री र गभर्नरको सम्बन्ध सुरुदेखि नै ठीकठाक थिएन्, केही समयसम्म सम्बन्ध सुधारका लागि दुवैले प्रयास गरेका थिए तर त्यो सम्भव भएन’, अर्थमन्त्री निकट उच्च स्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसो त गभर्नर निकट एक अधिकारीले पनि अर्थमन्त्री–गभर्नर सम्बन्ध सुमधुर नरहेको स्वीकार गर्यो । ‘उहाँहरुले सुरुमा सम्बन्ध सुधारका लागि प्रयास गर्नु भएको हो तर दुबैले एक अर्का प्रति शंकाको दृष्टिकोण राखेको देखियो, बीचमा बसेर खेल्नेहरु पनि थिए’, गभर्नर निकट स्रोतले भन्यो ।

त्यसो त बिहिबार आगामी आर्थिक बर्षको मौद्रिक नीतिबारे छलफल गर्न प्रतिनिधी सभाको अर्थ समितिले आयोजना गरेको बैठकमै अर्थमन्त्री–गभर्नर सम्बन्धबारे राम्रै चर्चा भयो ।  त्यस्तो चर्चामा पूर्व अर्थमन्त्री एंव एमाले उपाध्यक्ष बिष्णु पौडेल स्वयं संलग्न भए । काँग्रेस सांसद पूर्ण बहादुर तामाङ र माओवादी केन्द्रकी सांसद नारायणी शर्माले अर्थमन्त्री र गभर्नरको सम्बन्धबारे टिप्पणी गरे ।

स्वंय गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव अर्जुन पोखरेलले पनि त्यसबारे प्रष्टिकरण दिए । नेपाल राष्ट्र बैंकमा अर्थ सचिव सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । गभर्नर भन्दा पछिल्लो वरियतामा रहेर अर्थ सचिवले मौद्रिक नीतिमा सरकारको धारणा समावेश गराउने प्रचलन छ ।

अर्थमन्त्री–गभर्नर सम्बन्धबारे क–कसले उठाए प्रश्न ?

बिष्णुप्रसाद पौडेल, पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष
अर्थ मन्त्रालय र राष्ट्र बैंकको सम्बन्ध राम्रो र समन्वयकारी हुनुपर्छ । सम्बन्ध नराम्रो हुँदा सबै कुरा बिग्रन्छ । सम्बन्ध बिग्रेको हो भने सुधार गर्नुपर्यो । दुवै निकाय मिलेर अघि जानुपर्छ ।

पूर्णबहादुर तामाङ, सांसद एंव कांग्रेस नेता
अर्थमन्त्री र गभर्नरको सम्बन्ध किन बिग्रेको ? दुवैले राजनीति गर्नु भएन । जिम्मेवारी पूरा गर्नुपर्यो । गभर्नरले ठीक काम गरेको भए डराउनु भएन, मन्त्रीले पनि पेल्नुभएन ।

नारायणी शर्मा, सांसद एवं माओवादी नेतृ
अर्थमन्त्री र गभर्नरको सम्बन्ध के हो ? बिग्रेको हो भने देशमा संकट आउँछ । सम्बन्ध किन बिग्रियो ? सार्वजनिक हुनुपर्छ ।

गभर्नर र अर्थ सचिवको प्रष्टीकरण

हाम्रो सम्बन्धमा कुनै समस्या छैनः गभर्नर अधिकारी
गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री र आफ्नो सम्बन्धमा कुनै समस्या नरहेको दाबी गरे । उनले बजेट बनाउँदा पनि अर्थमन्त्रीसँग नजिक रहेर काम गरेको स्मरण गराए । सरकारकै निर्णयमा आफू भारत र क्यानाडा भ्रमणमा गएर सरकारको प्रतिनिधिका रुपमा नेतृत्व गरेको पनि उनले बताए ।

उनले आफू कर्मचारी भएकाले राजनीतिसँग नजोड्न आग्रह गरे । राजनीतिक आस्थाका आधारमा धारणा बनाउन नहुनेमा अधिकारीले जोड दिए । कुनै बेला डेमोक्रेटिक विचार भएका गभर्नरले नेतृत्व गरेको त कुनै बेला लेफ्टिष्ट गभर्नरले नेतृत्व गरेको तर राष्ट्र बैंकले आफ्नो प्रणालीअनुसार नै काम गरेको उनको दावी थियो । ‘राष्ट्र बैंकमा कुनै बेला लेफ्टिस्ट गभर्नर हुनुभयो, कुनै बेला पूरै डेमोक्र्याट्स गभर्नर बन्नुभयो, तर राष्ट्र बैंकले आफ्नो प्रणाली अनुसार नै काम गरिरह्यो’, गभर्नर अधिकारीले भने ।

उहाँहरुको सम्बन्धमा कुनै समस्या छैनः अर्थसचिव पोखरेल
अर्थसचिव अर्जुन पोखरेलले पनि अर्थमन्त्री र गभर्नरका बीचमा कुनै समस्या नरहेको दाबी पेस गरे । उनले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच सुमधुर सम्बन्ध रहेको जिकिर पनि गरे । ‘अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको नेतृत्वबीच कुनै समस्या छैन, हामी मिलेर आ आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छौं’, अर्थ सचिव पोखरेलले भने ।

हावा नचली पात हल्लियो ?
अर्थ समितिको बैठकमा सांसदहरुले विषय उठान गरे । गभर्नर र अर्थ सचिवले त्यसको खण्डनसहित प्रतिवाद गरे । तर, हावा नचली पक्कै पात हल्लिएन् । सांसदहरुलाई कसरी भान भयो कि अर्थमन्त्री–गभर्नरको सम्बन्ध राम्रो छैन् ?

अर्थमन्त्री र गभर्नरका सार्वजनिक अभिव्यक्तिहरुले नै उनीहरुको सम्बन्धको ‘ग्याप’ प्रष्ट पारिरहेको छ ।

अर्थमन्त्रीले सार्वजनिक कार्यक्रमहरुबाटै राष्ट्र बैंकको स्वायत्तताबारे प्रश्न गरेका छन् । उनले स्वायत्तताको दुरुपयोग नगर्न चेतावनी दिएका छन् । राष्ट्र बैंकले संवैधानिक आयोगहरुको जस्तो स्वायत्तताको अभ्यास गर्न खोजेको आरोप पनि मन्त्री डा. महतले लगाएका छन् । उनले कस्तो मौद्रिक नीति ल्याउनुपर्ने हो ? भनेर आफूले राष्ट्र बैंकलाई भनिसकेको बताउने गरेका छन् । अर्थमन्त्री लचिलो मौद्रिक नीतिको पक्षमा छन् तर गभर्नर भने कसिलो मौद्रिक नीतिका पक्षमा उभिएका छन् । गभर्नर अधिकारीले विश्व बैंक र मुद्रा कोषहरुको रिफरेन्स दिएर लचिलो मौद्रिक नीति ल्याउने समय नआएको बताउने गरेका छन् । गभर्नरले सबै समस्याहरुको समाधान मौद्रिक नीतिले दिन नसक्ने स्पष्ट पार्दै आएका छन् ।

गभर्नरका विचारमा मौद्रिक नीतिले सरकारको आर्थिक वृद्धिको लक्ष्य र मुद्रास्फीतिको लक्ष्यलाई केन्द्रमा राख्नुपर्छ । त्यस बाहेक तरलताको उचित व्यवस्थापन र वित्तीय स्थायीत्वमा ध्यान दिने हो । तर अर्थमन्त्री चाहान्छन्–‘बजेटबाट दिन नसकिएका सुबिधा र सहजता सबै मौद्रिक नीतिले देओस् ।’

त्यसो त अर्थमन्त्रीले गभर्नर महाप्रसाद अधिकारीलाई ‘एम अधिकारी’का रुपमा मात्रै लिन थालेका छन् । उनले जुनसुकै मूल्यमा आफुलाई सहयोग नगर्ने बुझाईमा मन्त्री पुगेका छन् र त्यसमा उनका सल्लाहकार डा. पोषराज पाण्डेले घ्यु थपिरहेका छन् । पाण्डेले आर्थिक सल्लाहकारको जिम्मेवारीलाई आगामी गभर्नरको तयारी गर्ने ‘प्लेटफर्म’ बनाएको स्रोत बताउँछ । उनै पाण्डेको ब्रिफिङका आधारमा अर्थमन्त्री डा. महतले धारणा बनाउने गरेको स्रोत बताउँछ । यतिबेला डा. पाण्डेलाई अर्थमन्त्रालयका अधिकारीहरु नै छायाँ अर्थमन्त्री भन्न थालेका छन् ।

मन्त्रीले गभर्नरलाई एम अधिकारी मात्रै देख्ने अनि गभर्नरले मन्त्रीलाई काँग्रेस नेता मात्रै देख्न थालेपछि सम्बन्ध थप बिग्रिँदै सार्वजनिक मञ्चहरुबाट स्पष्टीकरण दिनुपर्ने ठाउँसम्म पुगेको बताइन्छ ।

राष्ट्र बैंकले स्वायत्तताको दुरुपयोग नगरोस्-अर्थमन्त्री डा. महत

राष्ट्र बैंक र बैंकरविरुद्ध खनिए अर्थमन्त्री, ऋणिलाई दु:ख र ब्याजदरमा मिलेमतो किन ?

ब्याजदर घटाउन मौद्रिक नीतिमा हस्तक्षेप गर्दै अर्थमन्त्री, गभर्नरसँगको सम्बन्ध चिसियो

GBIME

प्रतिक्रिया दिनुहोस्