Shikhar Insurance

रियलमीकाे नेक्स्ट–जेन क्विक, नेक्स्ट–जेन सिक रियलमी नार्जो एन ५३ बजारमा, मूल्य कति?

सिंहदरबार संवाददाता
२०८० श्रावण ५, शुक्रबार १२:५१
NIMB
Nabil Bank

काठमाडौं। रियलमी नार्जो एन ५३ रियलमीको नार्जो लाइनअपमा यस्तै एक प्रभावशाली सदस्यका रूपमा थपिएको छ । जेन एन प्रयोगकर्ताहरूलाई लक्षित गरेर डिजाइन गरिएको यो नार्जो एन ५३ ले शक्ति, पर्फर्मेन्स र स्टाइलको उच्चतम सन्तुलन प्रदान गर्न कम्पनीले जनाएको छ ।

एन्ड्रोइड १३ मा आधारित रियलमी युआइ सफ्टवेयरमा चल्ने यस नार्जो एन ५३ मा हरेक काम सहज रुपमा सम्पन्न हुने भएकोले यो फोनले एक वास्तविक पावरहाउसको अनुभूति दिन्छ । यो संयोजनले एफिसिएन्ट मल्टिटास्किङ गर्ने क्षमता प्रदान गर्छ जसले गर्दा तपाईं एप र एक्टिभिटिहरुबीच सजिलै स्विच गर्न सकिने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

४६ जीबी एलपिडिडिआर ४एक्स र्याम भएकाले नार्जो एन५३ मा सिमलेस मल्टिटास्किङको लागि पर्याप्त मेमोरी छ । त्यस्तै यसमा भएको ६४/१२८ जीबी स्टोरेजलाई २ टीबीसम्म बढाउन सकिने हुनाले तपाईंको मिडिया, गेमहरूलगायत अन्य फाइलहरू स्टोर गर्न पर्याप्त स्पेस हुनेछ । टन्न स्पेस भएकाले तपाईंले आफ्नो रचनात्मक प्रतिभाहरु पनि उजागर गर्न सकिने कम्पनीले जनाएको छ ।

एन५३ को एआई लेन्सवाला ५० एमपी प्राइमेरी रियर क्यामेराको इमेज क्वालिटी पनि अत्यन्तै उत्कृष्ट छ । यसबाट तपाईंले क्लियर र आकर्षक तस्बिरहरु खिच्न सक्नुहुनेछ । यसका साथै ८ एमपी टियरड्रप नच फ्रन्ट क्यामेराको साथमा आकर्षक सेल्फीहरु लिन सकिनेछ ।

नार्जो एन ५३ मा ६.७४ इन्चको एपÞmएचडि आईपीएस एलसिडि डिस्प्ले रहेको छ जसले फोन चलाउँदा एकदमै सहज र आनन्ददायक अनुभूति हुन्छ । ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिंग रेटको साथ आएको यो नेक्स्ट–जेन क्विक एन ५३ मा गेमिङको अनुभव त अरुसँग तुलना नै गर्न मिल्दैन ।

त्यस्तै ४५० निट्सको पिक ब्राइट्नेस भएकोले स्क्रिनमा प्रत्येक विवरणहरु स्पष्ट र उज्यालो देखिन्छ जसले तपाईंको मनोरञ्जन र प्रोडक्टिभिटिमा कुनै कमि आउन दिने छैन । “फेदर गोल्ड“ र “फेदर ब्ल्याक“ जस्ता आकर्षक रंगहरूमा उपलब्ध यस नेक्स्ट–जेन शिक नार्जो एन ५३ को मोटाइ भने ७.४९ मिलिमिटर रहेको छ ।

यस्ता आकर्षक फिचरहरु भएको यस नार्जो एन ५३ को मूल्य पनि उत्तिकै चित्तबुझ्दो छ । जसले गर्दा यसलाई बजारमा एक असली गेम चेन्जरको रुपमा खडा गरिदिएको छ ।
४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको रियलमी नार्जो एन ५३ को मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ छ भने ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ पर्छ।

GBIME

प्रतिक्रिया दिनुहोस्