Shikhar Insurance

मौद्रिक नीतिले सेयर बजार प्रभावित, उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम सवा ४ अर्बमाथि

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १५:२७
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । नेपाल राष्ट्र बैंकले कारोबार समयमा सेयर बजार प्रभावित पार्ने मौद्रिक नीति ल्याएसँगै नेप्से उच्च अंकले बढेको हो ।

आइतबार राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने व्यवस्था ल्याएको छ । हाल सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतलाई पुनरावलोकन गर्ने व्यवस्था आएसँगै सेयर बजारमा उच्छाल आएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार नेपाल स्टक एकसचेञ्ज (नेप्से) परिसूचक ६३.२४ अंक बढेर २,२२७.१६ को विन्दुमा पुगेको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १४.४१ अंक बढेर ४२४.९३ को विन्दुमा पुगेको हो ।

यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबारको दिन अर्थात गत साताको अन्तिम कारोबारको दिन बिहिबार ३ अर्ब ३४ करोडको सेयर कारोबार भएको बजारमा यसदिन २६६ कम्पनीको १ करोड २० लाख कित्ता सेयर ७५ हजार ८६ पटकमा ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएको १९९ कम्पनकिो सेयर मूल्य बढेको छ । १६ कम्पनीको सेयर मूल्य घटेको छ भने, एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन किसान लघुवित्त र चन्द्रगीरी हिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

त्यस्तै, लिबट्री इनर्जि कम्पनीको ९.९७ प्रतिशत, स्वरोजगार लघुवित्तको ९.८९ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९.३२ प्रतिशत र कालिन्चो दर्शन कम्पनीको ९.१० प्रतिशतले सेयर मूल्य बढेको छ भने, बाँकी कम्पनकिो सेयर मूल्य ९ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको एनआइबीएल ग्रोथ फण्डको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ भने, ८.५ प्रतिशत नेपाल बैंकको डिबेन्चस २०८७ को मूल्य ५.८६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको १४ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको हो। त्यस्तै, यस दिन ज्योति विकास बैंकको १३ करोड ७७ लाख ग्लोबल आइएमई बैंकको १२ करोड ३४ लाख, एनआशी एशीया बैंकको ११ करोड १२ लाख र हिमालयन डिस्टिलरीको ११ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.९८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्