Shikhar Insurance

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हलसभा सकियाे

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १७:३०
NIMB
Nabil Bank

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हलसभाको १०औँ संस्करण सम्पन्न भएको छ । कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि प्रत्यक्ष तथा भिडियो कल मार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

टाउन हलसभा सबै कर्मचारीहरुको लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनीतिमा एकताबद्ध हुने अवसर हो । कम्पनीले गरेको प्रगति, सफलताहरू, भावी कार्ययोजना तथा प्राथमिकताहरुका बारेमा अद्यावधिक हुने र छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरू साझा गर्ने अवसर हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कर्मचारीमैत्री कार्यस्थल बनाउन र सम्पूर्ण टिमलाई कम्पनीको लक्ष्य पूरा गर्नको लागी व्यवस्थापन टिमसँग पङ्क्तिबद्ध भएर एकैसाथ अघि बढ्न यस्तो सभाले महत्तोपूर्ण भूमिका खेल्दछ भन्ने सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको भनाइ छ । सिटिजन लाइफले टाउन हल सभालाई प्रत्येक कर्मचारीले जान्नुपर्ने कुराहरूलाई सुदृढ पार्न शैक्षिक अवसरको रूपमा प्रयोग गर्ने गरेको छ ।

कम्पनीमा कार्यरत कर्मचारीहरूले कम्पनीको संरचना तथा विभाग अनुसारको कार्य तथा अन्तरक्रिया नियमित रुपमा गर्ने गर्छन् तर कम्पनीको प्रमुख कार्यकारी अधिकृतसँग त्रेमासिक रुपमा प्रत्यक्ष भेट्ने, कम्पनीको प्रगति तथा योजनको जानकारी प्राप्त गर्ने र सो विषयमा संवाद एवं छलफल गर्ने अवसरले संस्थाको सबै तहमा प्रभाकारी सञ्चार हुने तथा कर्मचारीहरुलाई एकसाथ ल्याउने यो उत्कृष्ट माध्यम हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्