Shikhar Insurance

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३ सयभन्दा बढी अभिकर्तालाई रोगहरुका बारेमा वेभिनार

सिंहदरबार संवाददाता
२०८० श्रावण १७, बुधबार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सद्वारा छैटौं वार्षिकोत्सवको अवसरमा जीवनशैलीसँग सम्बन्धित रोगहरुका बारेमा जानकारी गराउन आरुष लाइफस्टाइल अस्पतालसँग समन्वय गरी आफ्ना तीन सयभन्दा बढी अभिकर्तालाई जुम वेभिनारको आयोजना गरेको छ ।

उक्त अवसरमा आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य र सुकान्ति शाहले स्वस्थ जीवनयापनका लागि आवश्यक चार सुनौला पक्ष सन्तुलित भोजन, सक्रिय जीवनशैली, तनावरहित वातावरण र धुम्रपान मद्यपानरहित जीवनशैलीका बारेमा बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा सहभागीहरुले मधुमेह, थाइराइड, मोटोपन आदि रोगसँग सम्बन्धित आफ्ना जिज्ञासा डाक्टरद्वय समक्ष राखी उक्त समस्याहरुबारे पनि बृहत रुपमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कवि फुयालले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यावसायिक सफलतामा मात्र केन्द्रित नरही सामाजिक उत्थानमा समेत सक्रिय भूमिका निभाउँदै स्वस्थ समाजको परिकल्पना गरेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्