Shikhar Insurance

नेको इन्स्योरेन्सको ‘टप थ्री’ मिसनः शाखा थप्ने, कर्मचारी बढाउने, पुँजी पुर्याउन बोनस र हकप्रद

सिंहदरबार संवाददाता
२०८० श्रावण १८, बिहीबार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । गत आर्थिक वर्षमा नेको इन्स्योरेक्स कम्पनीले २ अर्ब ९२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ८५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो । कम्पनीले तिब्र प्रतिस्पर्धाका बाबजुद गत आर्थिक वर्षमा ७ करोड रुपैयाँले प्रिमियम बढाउन सफल भएको हो । ‘कम्पनीहरु धमाधम मर्ज भएर व्यवसाय वृद्धि गरिरहेका छन्, मर्जरको सिनर्जीबाट लाभ उठाईरहेका छन्, यो प्रतिस्पर्धाका बीच हामीले आफूलाई सिद्ध गर्ने प्रयास गरिरहेका छौं’, नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक खड्काले सिंहदरबारसँग भने ।

आर्थिक वर्ष २०७८/७९ मा व्यवसायका हिसाबले कम्पनी तेस्राे नम्बरमा थियो । गत आर्थिक वर्षको व्यवसायका आधारमा कम्पनी सातौं नम्बरमा पुगेको छ । आगामी आर्थिक वर्षमा भने पुनः तेस्राे नम्बरमा आइछाड्ने लक्ष्य कम्पनीले तय गरेको छ । ‘हामी आफ्नो पुरानो पोजिन पुनः प्राप्त हुने गरी योजना बनाइरहेका छौं, अर्काे वर्ष टप थ्री कम्पनीका रुपमा उदाउनेछौं’, खड्काले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

मर्जरमा गएका कम्पनीहरुसँग व्यवसाय विस्तारमा प्रतिष्पर्धा गर्नु चुनौतीपूर्ण भए पनि आफूले लक्ष्य भने भेट्टाई छाड्ने उद्घोष गरे । ‘मर्जरमा गएका कम्पनीहरुलाई केही हदसम्म नियामकिय सहुलियत पनि छ, मर्जरबाट सिनर्जी पनि पाउनु भएको होला, तर पनि हामी आफ्नो लक्ष्यमा पुग्नेछौं’, खड्काले भने । उनले आफ्नो कम्पनी कृषि तथा पशुपंक्षी बीमालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

‘हामीले कृषि बिमाको अभियान नै सुरु गरेका छौं, त्यसको व्यापक विस्तारमा लाग्नेछौं, स्वस्थ प्रतिस्पर्धाबाट अघि बढ्नेछौं’, खड्काले भने । उनले कृषि बिमाको प्रिमियम सरकारले समयमै उपलब्ध नगराउँदा कम्पनीहरुले दुःख पाइरहेको गुनासो पनि गरे । ‘हामीले कृषि बिमालाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेका छौं, तर सरकारले सहुलियत वापत दिनुपर्ने प्रिमियम समयमै उपलब्ध गराइरहेको छैन्’, नेपाल बिमक संघका महासचिव समेत रहेका सीईओ खड्काले भने ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेपछि अपुग भएको पुँजीका लागि कम्पनीले हकप्रद सेयर जारी गर्नेछ । बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । कम्पनीले २५ देखि ३० प्रतिशतको हाराहारीमा हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले शाखा विस्तारमा विशेष जोड दिईरहेको छ । निकट भविष्यमै १०६ शाखा र ७ सय कर्मचारी संख्या पुर्याउने लक्ष्य कम्पनीले राखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्