Shikhar Insurance

कर्णालीमा चार प्रतिशतमा मात्रै जीवन बिमाको पहुँचम

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १०:५०
NIMB
Nabil Bank

कर्णाली । जीवन बिमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ । नेपाल बिमा प्राधिकरणको तथ्यांकलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव ९ प्रतिशत नागरिक बिमा कार्यक्रमको पहुँचमा छन् ।

कर्णालीमा चार प्रतिशत नागरिकमात्र बिमा कार्यक्रमको पहुँचमा भएको तथ्यांक छ । नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतले दिएको तथ्यांकनुसार कर्णालीको कुल जनसङ्ख्याको चार प्रतिशत नागरिक जीवन बिमाको पहुँचमा छन् । बिमा प्रिमियम (शुल्क) संकलनको अवस्थाका आधारमा कर्णालीमा जीवन बिमा गर्ने नागरिकको सङ्ख्या न्यून रहेको प्राधिरकण प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीले जानकाकरी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, “देशका सात प्रदेशको तुलनामा जीवन बिमाको पहुँच आजका दिनसम्म पनि कर्णाली पछि छ । यसो हुनुको कारण यहाँको भौगोलिक विकटता, वित्तीय साक्षरता र जीवन बीमा कम्पनीले ग्रामीण भेगसम्म सेवा विस्तार नगर्नु हो ।” बीमा मानव जीवनको सङ्कटको नजिकको सारथी हो भन्ने बुझाउन नसकेसम्म नागरिकले बिमा नगर्ने उहाँले बताए।

उनका अनुसार कर्णालीमा सक्रिय जीवन बीमालेखको सङ्ख्या दुई लाख १७ हजार ६ सय ५० रहेको छ । प्राधिकरणले कर्णालीवासीमा बिमाको पहुँच अभिवृद्धि गर्न जीवन तथा निर्जीवन बिमकसँग नियमित छलफल, बिमा अभिकर्ता, सर्भेयर तथा क्षति मूल्याङ्कर्तासँग अन्तक्र्रिया, स्थानीय तह, प्रहरी र जिल्ला समन्वय समितिसँग अन्तक्र्रिया तथा छलफल अगाडि बढाएको छ।

कर्णालीका १० जिल्लामा जीवन बिमकको शाखा र उपशाखासहित एक सय १० र पुस मसान्तसम्मको कर्णालीमा निर्जीवन बीमकको सङ्ख्या शाखा र उपशाखासहित ४५ कार्यालय स्थापना गरिएको उनले बताए । प्रमुख सोडारीका अनुसार निर्जीवन बीमा गर्नेहरूको सङ्ख्या पनि कर्णालीमा न्यून छ ।

बिमा शुल्क सङ्कलनलाई आधारमा मान्दा यहाँका एक दशमलव चार प्रतिशत नागरिकमात्र निर्जीवन बिमाको पहुँचमा छन्”, उनले भने, “सामुन्द्रिक, मोटर, सम्पत्ति, कृषिबाली, लद्यु तथा विविधसहित कर्णालीमा ५६ हजार आठ सय ९२ निर्जीवन बीमालेख रहेको छ ।” प्रदेशमा बीमा नीति तथा कानुनको अभाव, जनचेतनाको कमी, भौगोलिक कठिनाइ, वित्तीय साक्षरता नहुनु, बेरोजगारी तथा न्यून आयस्तर कर्णालीको बिमा क्षेत्रको ठूलो चुनौती रहेको प्रमुख सोडारीले जनाए ।

कर्णालीमा वित्तीय क्षेत्रमा काम गर्ने संघ-संस्थाको न्यून उपस्थितिले पनि बीमा कार्यक्रममा नागरिकको पहुँच वृद्धि हुन नसकेको बताउनुभएका उहाँले पछिल्लो समयमा प्राधिकरणले यहाँका बिमितको हितमा हुने गरी बीमा कम्पनीलाई परिचालन गरिने जनाए।

GBIME

प्रतिक्रिया दिनुहोस्