Shikhar Insurance

४१ अंकले बढ्यो सेयर बजार, आइएमई लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८० श्रावण २४, बुधबार १५:२७
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा भने बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ४१.०६ अंक बढेर २,०६०.९१ को विन्दुमा पुगेको छ । त्यसैगरी ठूला कम्पनकिो सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ७.४८ अंक बढेर ३९३.०५ को विन्दुमा पुगेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्सेका अनुसार यसदिन हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.८३ प्रतिशतले बढेको छ । त्यस्तै, सुपर म्यादी हाइड्रोपावर कम्पनीको ९.७५ प्रतिशत, मनकामना समाटृ लघुवित्तको ९.५७ प्रतिशत, मनदाककिनी हाइड्रोपावर कम्पनीको ९.३९ प्रतिशत र एशीयन हाइड्रोपावर कम्पनीको ८.९१ प्रतिशतले सेयर मूल्य बढेको छ । कारोबारमा आएको सेन्चुरी डिबेन्चर्सको मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको १५ करोड ५० लाख रुपैयाँ भनदा बढकिो सेयर खरिदबिक्री भएको हो ।
तयस्तै, शिवम् सिमेन्टको ८ करोड ४७ लाख, नेपाल रिपब्लीक मिडीयाको ७ करोड ५५ लाख, हिमालयन लाइफ इनस्योरेन्सको ५ करोड ३८ लाख र सोल्टी होटलको ५ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७३ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५ कम्पनीको ७७ हजार ५०१ पटकको कारोबारमा १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको ५० लाख १० हजार कित्ता सेयर कारोबार भएको छ। कारोबारमा आएको २०० कम्पनीको सेयर मूल्य बढेको छ । १८ कम्पननीको घटेको छ भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्