Shikhar Insurance

उड्नै लागेको विमान फ्लाइ दुबई र बंगलादेश जहाजमा चरा ठोक्किएपछि…

सिंहदरबार संवाददाता
२०८० श्रावण २८, आईतवार १४:५८
NIMB
Nabil Bank

ढाका । बंगलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्नलागेका दुईवटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएकाे तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सको बैंकक उड्न लागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरेर बैंकक पठाइएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

दोस्रो घटनामा, रिपोर्टअनुसार, त्यसैगरी फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोक्किएपछि तीनवटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेण्ड बाँकी हुँदा अकष्मात रोक्नुपर्दा दुईवटा पाङ्ग्रा पनि पग्लिएका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उक्त अखबारले खबर छापेको छ ।

यसअघि गत डिसेम्बरमा पनि सोही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोक्किएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो । सिन्ह्वा

GBIME

प्रतिक्रिया दिनुहोस्