Shikhar Insurance

दूरसञ्चार प्राधिकरणको प्रवक्तामा पौडेल

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार २१:२६
NIMB
Nabil Bank

नेपाल दूरसञ्चार प्राधिकरणकोे प्रवक्तामा सन्तोष पौडेल नियुक्त भएका छन् । प्राधिकरणका निर्देशक रहेका पौडेललाई मंगलबार प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पौडेललाई प्रवक्ताको थप जिम्मेवारी दिइएको जानकारी दिए । उनका अनुसार पौडेल विगत १९ वर्षदेखि प्राधिकरणमा कार्यरत रहेका छन् । उनले यसअघि कानून तथा अनुमतिपत्र महाशाखाको प्रमुख, अनुमति तथा ग्रामीण दूरसञ्चार विकास कोष तथा अनुगमन शाखालगायत प्रमुखको नेतृत्व लिइसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणमा विगत पाँच वर्षदेखि प्रवक्ताको रुपमा निर्देशक मिनप्रसाद अर्याल रहेका थिए । त्यस्तै, सहायक प्रवक्ताको जिम्मेवारीमा अच्युतानन्द मिश्र नियुक्त भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्