Shikhar Insurance

३१.८० अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्ब  १५ करोड 

सिंहदरबार संवाददाता
२०८० श्रावण ३०, मंगलवार १५:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ अंकमा झरेको छ ।

आज विभिन्न २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता सेयर ६१ हजार तीन सय ४१ पटक खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३ सय ६९ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आजको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक ४.२८ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २४२.७० र जीवन बीमा समूह २०४.२८ अंकले घटेको छ ।

बैंकिङ ११.९७, विकास बैंक ७३.१८, वित्त ३९.८४, होटल तथा पर्यटन एक सय २३.६९ र जलविद्युत् ५१.३३ अंकले घटेको छ । लगानी समूह शून्य दशमलव ८१, लघुवित्त ४०.१६, निर्जीवन बीमा एक सय ८४.२१, व्यापार १४.४१ र अन्य समूहको उपसूचक १३.८९ अंकले घटेको छ ।

आजको कारोबारपछि इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य ७.६९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको २० करोड ५५ लाख ९४ हजार ३२ बराबरको सेयर किनबेच भएको छ । किनबेच भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन लाख २५ हजार दुई सय ३५ कित्ता किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्