बैंक अफ काठमाण्डूको डलर कार्ड, पाँच सय डलरको अनलाइन किनमेल

सिंहदरबार संवाददाता
२०७७ चैत्र १८, बुधबार २१:२४

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि बीओके इकम यूएसडी प्रिपेड कार्ड सेवा’ सुचारु गरेको छ । यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।

यो सेवा भारत बाहेक अन्य देशहरुको ई(कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरि पाँच सय अमोरिकी डलर सम्मको वस्तु वा सेवा अन्लाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्ड सहित निवेदन अप्लब्ध गराई यो सुविधा उपभोग गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्