Shikhar Insurance

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, के-के थपियो सुविधा ?

सिंहदरबार संवाददाता
२०८० भाद्र ११, सोमबार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन संशोधन गरेको छ । चालू आर्थिक बर्षको मौद्रिक नितीमा गरिएको प्रतिवद्धता अनुसार राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन संशोधन गरेको हो ।

संशोधन अनुसार एक करोडको सिमालाई ३ करोड कयम गरिएको छ । अब समग्र प्रणालीबाट एक करोड ऋण लिएकाहरुले त्यस्तो ऋण ३ करोड सम्म पाउनेछन् । २ करोड सम्म चालु पुँजी कर्जा लिएका फर्महरुले ४ करोडसम्म ऋण सुविधा पाउने छन् । उत्पादन मुलक क्षेत्रले पाउदै आएको २ करोडको सुविधा पनि वृद्धि भएर ४ करोड पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस बाहेक, चालु पुँजी कर्जा मार्गदर्शनमा पहिले भन्दा निकै लचिलो बनेको राष्ट्र बैंकले मार्गदर्शन कार्यान्वयन भएको तेस्रो वर्षपछि चालु पुँजी प्रकृतिको कर्जा ७ दिनसम्म लगातार शून्यमा झार्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै १० प्रतिशतसम्म बक्यौता राख्न मिल्ने बनाएको छ ।
व्यवसायीहरुले शून्यमा झार्नुपर्ने नीति कार्यान्वयन गर्न नसकिने भन्दै विरोध जनाउँदै आएका थिए । राष्ट्र बैंकले २०७९ कात्तिक १ गतेदेखि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागू गरेको थियो ।

‘चालू पुँजी कर्जाका बिभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको १० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्दछ,’ संसोधित मार्गदर्शनमा उल्लेख छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्