Shikhar Insurance

लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

सिंहदरबार संवाददाता
२०८० भाद्र १३, बुधबार १५:३८
NIMB
Nabil Bank

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालद्वारा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज अध्यक्ष पाण्डेले शपथ लिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरुलाई निर्देशन दिए ।

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव उपस्थित थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्