Shikhar Insurance

यी हुन झुठो विवरण बुझाउने १९ बीमा कम्पनी, जसले तिर्दैछन् २ लाख जरिवाना

सिंहदरबार संवाददाता
२०८० भाद्र १९, मंगलवार ११:२३
NIMB
Nabil Bank

काठमाडौं । असार मसान्तमा बीमा व्यवसाय सम्बन्धी झुठो विवरण बुझाउने १९ बीमा कम्पनीले यतिबेला धमाधम स्पष्टीकरण बुझाईरहेका छन् । नेपाल बीमा प्राधिकरणले उनीहलाई एक साता भित्र झुठो विवरण किन बुझाएको हो ? त्यस वापत कारवाही गर्न किन नपर्ने ? भनि पत्र पठाएको थियो ।

बीमा कम्पनीहरुले हरेक आथिृक बर्षको असार मसान्तमा अनलाइन प्रणाली मार्फत अघिल्लो आवको बीमा व्यवसाय सम्बन्धी विवरण प्राधिकरणलाई बुझाउनुपर्ने व्यवस्था छ । त्यसका लागि प्राधिकरणले आईआरएमआइइएस नामको अनलाइन प्रणाली सञ्चालन गरेको छ । सोही प्रणाली मार्फत बीमा कम्पनीहरुले असार मसान्तसम्मको तथ्यांक पेश गर्नुपर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणले साउन पहिलो साता कम्पनीहरुमै अनुगमन टिम पठाएर अनलाइनमा पेश गरिएको विवरणको तथ्य जाँच गर्दै आएको छ । यसपाली प्राधिकरणले साउन १ गते स्थलगत निरीक्षण गरेको थियो । जसमा १९ वटा बीमा कम्पनीहरुको खाता बन्दी विवरण फरक देखिएको थियो । त्यसरी खाता बन्दी र स्थलगत निरीक्षणका क्रममा फरक फरक विवरण फेला परेका १९ वटै कम्पनीलाई साउन २९ गते पत्र लेखेर प्राधिकरणले कारवाही किन गर्नु नपर्ने हो ? भनि स्पष्टीकरण सोधेको थियो ।

अनलाइनबाट एउटा तथ्यांक पठाउने तर वास्तविकतामा अर्कै तथ्यांक देखाउने १९ बीमा कम्पनीहरु यसपाली भने प्राधिकरणको फन्दामा पर्दैछन् । उनीहरुलाई प्राधिकरणले प्रति कम्पनी दुई लाखका दरले जरिवाना गराउँदैछ ।

त्यसरी जरिवानामा पर्ने कम्पनीहरुमा जीवन बीमा तर्फ सुर्य ज्योति, हिमालयन, एशियन, नेपाल लाइफ, नेशनल लाइफ, रिलायबल लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स, प्रभु महालक्ष्मी र आइएमई लाइफ रहेका छन् ।
निर्जिवन बीमा कम्पनी तर्फ झुठो विवरण पेश गर्नेहरुमा नेशनल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, सगरमाथा लुम्बिनी, नेको, युनाइटेड अजोड, आईजीआई प्रुडेन्सियल, शिखर, सिद्धार्थ प्रिमियर, ओरियन्टल र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।

१९ बिमा कम्पनीलाई २/२ लाख जरिवाना तिराउँदै बिमा प्राधिकरण, यस्तो छ कारण


‘‘त्यहाँ बिमकले कानुनबमोजिम जिम्मेवारी निर्वाह नगरी गलत तथ्यांक पेस गरेकाले बिमा ऐन, २०७९ को दफा ८३ समेतको उल्लंघन गरेका हुँदा बिमा ऐन, २०७९ को दफा १३८ बमोजिम जरिवानाको कारबाही किन नगर्ने ? त्यहाँ बिमकउपर उल्लेखित कारबाही हुन नपर्ने भए सबुद प्रमाणसहित चित्त बुझ्दो स्पष्टीकरण पेस गर्न सोही ऐनको दफा १३९ को प्रयोजनार्थ यो सूचना गरिएको छ’, प्राधिकरणले बिमा कम्पनीहरुलाई लेखेको पत्रमा भनिएको छ ।

बिमा ऐनको दफा १३८ को उप दफा १९ मा झुठो विवरण पेस गर्ने कम्पनीहरुलाई पहिलो पटक २ लाख रुपैयाँ जरिवाना गराउने व्यवस्था छ । दोस्रोपटक त्यस्तो नियम उल्लंघन गरेमा २५ लाख र तेस्रो पटकदेखि हरेकपटक ५० लाख रुपैयाँ जरिवाना तिराउन सक्ने व्यवस्था छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्